मुख्य सामग्रीमा जानुहोस्
General

विद्यालय बिदा सम्बन्धी सूचना

Sep 11, 2026
विद्यालय बिदा सम्बन्धी सूचना

नेपाली नारीहरूको महान पर्व हरितालिका (तीज) को पावन अवसरमा मिति २०८३ भाद्र २७ गतेदेखि भाद्र ३० गते सोमबारसम्म ४ दिन (भाद्र २७ गते शनिबार, २८ गते आइतबार भएको) र भाद्र २९ गते सोमबार हरितालिका (तीज) र ३० गते मंगलबार ऋषिपञ्चमीको अवसरमा विद्यालयको शैक्षिक पात्रोअनुसार स्थानीय बिदा रहेकोले मिति २०८३ भाद्र ३१ गते बुधबारदेखि नियमित पठनपाठन र विद्यालय सञ्चालन हुने सूचना सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

नेपाली नारीहरूको महान पर्व हरितालिका (तीज) को पावन अवसरमा देश, विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदी, बहिनी, यस विद्यालयका विभिन्न समितिमा आबद्ध दिदीबहिनी, कार्यरत नारी शिक्षक, कर्मचारी तथा अध्ययनरत छात्राहरू र समस्त नारीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।


तस्बिरहरू

यो समाचार साझा गर्नुहोस्:
Chat with us on WhatsApp